यसवर्ष भाइटीकाको उत्तम साइत बिहान १०:५१ बजे

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० कार्तिक २०, सोमबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कात्तिक २०,काठमाडौँ । यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बिहान १०:५१ बजे परेको छ ।

नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएका हुन् ।

हिन्दु धर्माबलम्बीमा तिहारको भाइटीकाको दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ ।

टीका लगाउन साइत हेर्ने चलन रहेको छ । तर साइतमा टीका लगाउन नभ्याउनेहरुले साँझसम्म लगाउने प्रचलन पनि रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस