आजको मौसम : बदलीसँगै हल्का बर्षा र हिमपातको सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक २१, मंगलबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कार्तिक २१, काठमाडौँ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौमसविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ ।

तर पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बुधबार पनि एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस