अनधिकृतरूपमा सञ्चालन भइरहेका फार्मेसी बन्द गर्ने मेयर बालेनको चेतावनी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २०, बुधबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर २०, काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मापदण्डविपरीत अनधिकृतरूपमा सञ्चालन भइरहेका फार्मेसी बन्द गराउने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै शाहले अनधिकृतरूपमा सञ्चालन भइरहेका फार्मेसीलाई मापदण्डमा आउन मंसिर २९ गतेसम्मको समय दिएका छन् । महानगरपालिकावासीको स्वास्थ्यका लागि आफूहरू निकै संवेदनशील रहेको भन्दै उनले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सुधारात्मक कार्य गर्दै आइरहेको बताएका छन् । तर आम मानिसको जनस्वास्थ्यमा लापरबाही भइरहेको अनुगमनका क्रममा पाएको उनले जनाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस