आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २१, बिहिबार (१ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

मंसिर २१, काठमाडौँ । अहिले नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस