उपरथी अशोकराज सिग्देल रथीमा बढुवा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २१, बिहिबार (१ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

मंसिर २१, काठमाडौँ । सरकारले उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सेनाको रिक्त रथी पदमा सिग्देललाई बढुवा गरेको हो ।

जंगी अड्डामा गत शुक्रवार बसेको सेनाको बढुवा समितिको बैठकले सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गर्दै रक्षामा पत्र पठाएपछि सरकारले त्यही आधारमा निर्णय गरेको हो । २०४३ सालमा सैनिक अधिकृतका रुपमा सेनामा प्रवेश गरेका सिग्देल २५ बेसिकका सैनिक अधिकृत हुन् ।

सेनाका बलाधिकृतरथी सरोजप्रताप राणाले अवकास पाएपछि उनको ठाउँमा वरियतामा अघि रहेका उपरथी ताराध्वज पाण्डेलाई सेनाको बोर्डले रथी बढुवाका लागि सिफारिस गरेको थियो । तर, पाण्डेको उमेर विवादका कारण उनले दिएको राजीनामा स्वीकृत भएपछि सिग्देलको लागि रथी बढुवाको बाटो खुलेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस