शरणार्थी प्रकरणमा टोपबहादुरका छोरा सन्दीपसहित ६ जना मुक्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २१, बिहिबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

मंसिर २१, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका ६ जना छुटेका छन् । उच्च अदालत पाटनले तोकेको धरौटी बुझाउने पाँच जना र साधारण तारेखमा छाड्न आदेश दिएका एक गरी ६ जना आज जेलबाट रिहा भएका हुन् ।

धरौटी तिरेर रिहा हुनेमा सन्दीप रायमाझी, शमशेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन र रामशरण केसी छन् भने आशिष बुढाथोकी साधारण तारेखमा छुटेका हुन् । ६ जनालाई थुनामुक्त गरिएको केन्द्रीय कारागार प्रशासनले जनाएको छ । सन्दीप रायमाझी पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् । शरणार्थी प्रकरणमा टोपबहादुर थुनामै छन् ।

उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले मङ्सिर १५ मा सन्दीप सहितका ६ जनालाई धरौटीमा छाड्न आदेश गरेको थियो । धरौटीमा छाड्न आदेश भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल चाहिँ थुनामै रहेका छन् । अदालतले १५ लाख धरौटी माग गरेका रिजाल धरौटी नबुझाएका कारण रिहा भएका छैनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस