दुर्गा प्रसाईंको घाँटीमा समस्या, नौं दिनसम्म बोल्न नमिल्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २३, शनिबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मंसिर २३, झापा । मेडिकल व्यावसायी तथा गणतन्त्रविरोधी अभियान चलाइरहेका दुर्गा प्रसाईंको घाँटीमा समस्या देखिएको छ । देशव्यापी अभियानका क्रममा धेरै बोल्दा घाँटीमा समस्या देखिएकाले शल्यक्रिया गर्नुपरेको उनको सचिवालयले जनाएको छ ।

झापास्थित प्रसाईंकै स्वामित्वको बीएण्डसी अस्पतालमा उनको शल्यक्रिया हुन लागेको छ । अब उनी नौं दिनसम्म बोल्न नमिल्ने चिकित्सकहरूले जनाएका छन् । प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानका अध्यक्ष मण्डलका सदस्य हरि कार्कीका अनुसार, प्रसाईंको घाँटीमा ग्रन्थीसम्बन्धी समस्या रहेको र यसअघि पनि शल्यक्रिया भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस