मुस्ताङबाट ९० प्रतिशत स्याउ बजारमा निकासी, ४९ करोडभन्दा बढीको ब्यापार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० मंसिर २३, शनिबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

मंसिर २३, काठमाण्डौँ । मुस्ताङबाट यो बर्ष मात्र ४९ करोडभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ । मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपजको रुपमा स्याउलाई लिने गरिन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मुस्ताङस्थित स्याउ जोन कार्यालयले यस वर्ष उत्पादन भएको ९० प्रतिशत स्याउ बजारमा निकासी भइसकेको जनाएको छ ।

स्याउ जोन मुस्ताङका प्रमुख नेत्रप्रसाद भट्टले जिल्लाभर चार हजार नौ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएको मध्ये चार हजार चार सय ७७ दशमलव पाँच मेट्रिक टन स्याउ देशका विभिन्न ठाउँमा निकासी भएको बताए ।

कृषकले बिक्री गरेको सरदर प्रतिकिलो रु एक सय १० का दरले हिसाब गर्दा रु ४९ करोड २५ लाख २५ हजार मूल्य बराबरको स्याउ निकासी भएको स्याउ जोन कार्यालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस