काठमाडौँमा आज यस वर्ष अहिलेसम्मकै बढी चिसो, जुम्लाको तापक्रम माइनसमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २४, आईतबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मंसिर २४, काठमाडौँ । काठमाडौँ उपत्यकामा आज यस वर्ष अहिलेसम्मकै चिसो भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस देखिएको हो ।

उपत्यकाको मौसम सामान्यतया सफा रहेको छ । ‘यो यस सिजनको अहिलेसम्मकै कम तापक्रम हो’, मौसमविद् अधिकारीले भने, ‘यसअघि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सबैभन्दा कम ७.४ डिग्री सेल्सियससम्म झरेको थियो, आज त्यसभन्दा पनि तल झरेको हो ।’

जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेसँगै जाडोले यहाँको जनजीवन प्रभावित भएको छ । हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार जिल्लाको न्यूनतम तापक्रम– २ दशमलव ६ डिग्री र अधिकमत तापक्रम १५ दशमलव ६ डिग्री सेल्सियस रहेको कार्यालय प्रमुख महेश शर्माले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस