त्रिभुवन विमानस्थलबाट फेरि सुन बरामद

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० मंसिर २४, आईतबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर २४, काठमाण्डौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद भएको छ ।

गएराति विमानस्थलमा अवतरण गरेको फ्लाई दुबईको जहाजबाट आएका विदेशी नागरिकको साथबाट ६ किलोभन्दा बढी सुन बरामद भएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।

भन्सारबाट बाहिरिसकेको अवस्थामा प्रहरीले सुन बरामद गरेको हो । सुनको साथमा विदेशी नागरिक पनि पक्राउ परेका र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुई दिनअघि मात्रै विमानस्थलबाट १४ किलो सुन बरामद भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस