फागुन ६, काठमाडौँ । ‘डा ओम फाउन्डेसन’द्वारा विद्यालयस्तरमा धुम्रपान तथा सुर्ती सेवनविरुद्ध सञ्चालित सचेतना मुलक अभियान ‘स्कुल हेल्थ प्रोग्राम’को रचनात्मक कार्यक्रम सम्पन्न भएको छ ।
सरस्वती पूजा तथा प्रणय दिवसको सन्दर्भ पारेर फाउन्डेसनले विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ आयोजना गरेको थियो । तीनवटै विधाका प्रतियोगिताको अन्तिम परिणाम शनिबार प्रकाशित भएसँगै रचनात्मक क्रियाकलाप सम्पन्न भएको हो ।
रचनात्मक कार्यक्रमअन्तर्गतको कविता विधामा पाँच जना विद्यार्थी विजयी भएको फाउन्डेसनले जनाएको छ । फाउन्डेसनका अनुसार कविता प्रतियोगिताका विजेताहरूमा क्लिन्टन स्कुल चावहिल काठमाडौंको कक्षा ६ की छात्रा सिद्धिका शाह, कोशी सेन्ट जेम्स आवासीय मा।वि। इटहरी कक्षा ७ की छात्रा पूर्णिमा गौतम, सेन्ट मेरिज उच्च मा।वि। ललितपुर कक्षा ७ की छात्रा इभा पौडेल, जोन डेवी उच्च मा।वि। महाराजगन्ज कक्षा ९ की छात्रा शाश्रिका खत्री र क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर सीसीआरसी बालकुमारी कक्षा १२ की छात्रा चाँदनी पाल रहेका छन् ।
धुम्रपान र सुर्ती सेवनलाई निरुत्साहित गर्दै यसबाट स्वास्थ्यमा पर्ने असरसम्बन्धी सन्देशमुलक कविता प्रतियोगितामा देशभरका विद्यालयका १२ कक्षासम्मका विद्यार्थीले सहभागिता जनाएका थिए । उत्कृष्ट रचनाकारलाई जनही १० हजार रुपियाँ नगद पुरस्कार, प्रमाणपत्र र मेडल केही समयपछि विशेष कार्यक्रम गरी प्रदान गरिने फाउन्डेसनले जनाएको छ ।
त्यस्तै बाल चित्रकला प्रतियोगितामा दीप बोडिङ स्कुल बुटवल कक्षा ५ की छात्रा प्रिस्ति पुन र फिसटेल एकेडेमी सेकेन्डरी स्कुल पोखरा कक्षा ४ का छात्र डेभेश पहारी विजेता भएका छन् । साथै उपविजेताहरूमा निस्ट स्कुल लोकन्थली, भक्तपुर कक्षा ४ की छात्रा पल्लबी भट्टराई, रिपुमर्दिनी सैनिक महाविद्यालय बाँसबारी, काठमाडौं कक्षा ६ की छात्रा जेसिका थापा, वेदिक स्कुल बालकोट, भक्तपुर कक्षा ६ की छात्रा समृद्धी श्रेष्ठ, सल्यान पब्लिक स्कुल शंखमुल, सल्यान कक्षा ६ की छात्रा एलिना बुढाथोकी, साउथ जोन सेकेन्डरी स्कुल वीरगन्ज कक्षा ६ का छात्रा अंकित साह र ओम शान्ति एकेडेमी भरतपुर, चितवनका कक्षा ८ का छात्र सलिन आचार्य रहेका छन् ।
धुम्रपान र सुर्ती सेवनबाट सेवन कर्ता, परिवार र साथीभाइको स्वास्थ्यमा पर्ने असर झल्काउने चित्रकला प्रतियोगितामा देशभरका कक्षा ८ सम्मका विद्यार्थीले भाग लिएका थिए । विजेता विद्यार्थीलाई जनही १० हजार रुपियाँ नगद पुरस्कार र उपविजेतालाई २ हजार ५ सय रुपियाँ तथा प्रमाण पत्र एवम् मेडलस्वरुप प्रोत्सहान पुरस्कार प्रदान गरिने भएको छ ।
यसैगरी धुम्रपान र सुर्ती सेवनको असर तथा स्वास्थ्य शिक्षासँग सम्बन्धित हाजिरी जवाफ प्रतियोगितामा देशैभरका कक्षा १२ सम्मका विद्यार्थीले तीन सदस्यीय समूह निर्माण गरी सहभागी भएका थिए । सो प्रतियोगितामा काठमाडौं मोडल कलेज बागबजार, काठमाडौं प्रथम, सिद्धार्थ वनस्थली इन्स्च्यिुट काठमाडौं द्वितीय र तृतीयमा ज्ञान ज्योति मा।वि। वीरगन्ज तथा पञ्चोदय मा।वि।धनगढीका विद्यार्थी विजयी भएका छन् ।
उक्त प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार र तृतीय पुरस्कार २० हजार रुपियाँ नगद रहेको छ । तृतीय स्थानमा दुई वटा विद्यालयले समान अंक प्राप्त गरेका कारण पुरस्कार संयुक्तरूपमा प्रदान गरिने फाउन्डेसनले जनाएको छ । सबै विजेतालाई प्रमाणपत्र र मेडल प्रदान गरिने भएको छ । सबै विधाका प्रतियोगिता ‘भर्चुअल’ माध्यमबाट सञ्चालन गरिएको थियो ।
फाउन्डेसनका संस्थापक वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलले धुम्रपान र सुर्ती सेवनलाई निरुत्साहित गर्न दुई हप्ते १ फेब्रुअरीदेखि १४ फेब्रुअरीसम्म सचेतनामुलक अभियान सञ्चालन गर्नुभएको थियो । सोही क्रममा ‘स्कुल हेल्थ प्रोग्राम’को रचनात्मक कार्यक्रम गरिएको फाउन्डेसनले जनाएको छ ।
यसअघि सोही अभियानअन्तर्गत ‘धुम्रपान गर्ने मान्छे स्वार्थी हुँदैनन्’ र ‘मेरो एउटा सानो त्याग मायालुका लागि ठूलो उपहार’ भन्ने अभियान सम्पन्न भइसकेको छ ।
उक्त अभियानमा धुम्रपान तथा सुर्ती सेवन त्याग्ने प्रतिबद्धता व्यक्त गर्न स्वदेश तथा विदेशमा हजारौं नेपालीले सहभागिता जनाउँदै धुम्रपान तथा सुर्ती सेवन त्यागेको प्रतिबद्धतापत्र जनाएका छन् । धुम्रपान तथा सुर्ती सेवनविरुद्धको सचेतनामुलक यस अभियानमा जचेतनाको नयाँ अभ्यास गरिएको र त्यो सफल भएको फाउन्डेनले जनाएको छ ।