फागुन ११, काठमाडौँ । राजधानी केन्द्रीत आन्दोलनमा रहेका लघुवित्त पीडितहरु र प्रहरीबीच झडप भएको छ ।
बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय घेराउन गर्न गएका पीडितहरुलाई प्रहरीले हस्तक्षेप गर्दा झडपको अवस्था आएको हो ।
सिफल चौधरबाट मार्चपास गर्दै बालुवाटार पुगेका हजारौंको संख्यामा रहेका पीडितहरुले निषेधित क्षेत्र तोडेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको थियो । भडपबाट दर्जनौ प्रर्दशनकारी घाइते भएका छन् भने प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । घाइतेहरुको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।