डोल्पामा रहेको जुफाल विमानस्थल फागुन १६ गतेदेखि बन्द हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ११, शुक्रबार (१ साल अघि)
  • २१ पटक पढिएको
डोल्पामा रहेको जुफाल विमानस्थल फागुन १६ गतेदेखि बन्द हुने

डोल्पा । डोल्पामा रहेको जुफाल विमानस्थल फागुन १६ गतेदेखि बन्द हुने भएको छ । विमानस्थलको धावन मार्गको मर्मतका लागि फागुन १६ गतेदेखि चैत्र १६ गतेसम्म बन्द गर्न लागिएको हो ।

यसका लागि नागरिक उड्डयन प्राधिकरणले डोल्पा कार्यालयलाई सूचना पठाइसकेको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालका प्रमुख अमित चौरासियाले जानकारी दिए ।

माघ २९ गते ठुलिभेरी नगरपालिका जुफालमा नगर प्रमुख सुवर्ण बुढाको अध्यक्षतामा बसेको बसेको जिल्लास्थित सरोकारवाला निकायको बैठकले विमानस्थल बन्द गर्नका लागि नागरिक उड्डयन प्राधिकरण काठमाडौंलाई सिफारिस गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस