अग्निपीडित

अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै

आवास निर्माण प्रक्रिया शुक्रबारदेखि प्रारम्भ
  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख २२, शनिबार (२ हप्ता अघि)
  • ३८ पटक पढिएको
अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै

बैशाख २२,काठमाडौँ । सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको छ । यसअघि भूकम्प पीडितका लागि अस्थायी आवासको व्यवस्था गरिएको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया शुक्रबारदेखि प्रारम्भ भएको बताए ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा सोही दिन भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २२औँ बैठकले उक्त प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस