ठगी

अमेरिका लैजाने भन्दै नेपालीलाई केन्या पुर्‍याई साढे पाँच करोड ठग्ने गिरोह पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख २८, शुक्रबार (१ हप्ता अघि)
  • ७१ पटक पढिएको
अमेरिका लैजाने भन्दै नेपालीलाई केन्या पुर्‍याई साढे पाँच करोड ठग्ने गिरोह पक्राउ

बैशाख २८, काठमाडौँ । गैरकानुनी बाटोबाट अमेरिका र क्यानडा पठाइ दिने भन्दै साढे पाँच करोड ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ घर भई हाल बुढानिलकण्ठ बस्ने ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोक साबिक कर्थली गाविस घर भई हाल काठमाडौं गोकर्णेश्वर बस्ने ४२ वर्षीय ङिङबुटी शेर्पा र सिन्धुपाल्चोक जुगल गाउँपालिका–१ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने १९ वर्षीय निमा शेर्पा रहेका छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो । उनीहरूविरूद्ध सिन्धुपाल्चोकका अरुण तामाङसहित १० जनाले कार्यालयमा ठगीको निवेदन दिएका थिए । उनीहरूले अमेरिका र क्यानडा पठाइदिन्छु भनी राहदानी, फोटो र पासपोर्ट, बैंक स्टेटमेन्ड, कोभिड क्युआर कोड, एल्लो फिभर कार्ड लएर नगद साढे पाँच करोड ठगेको आरोप छ ।

ताजा अपडेट

खोजी गर्नुहोस