रेलमार्ग सर्भे

चितवनमा रेलमार्ग सर्भे गर्न गएको टोली स्थानीयको ‘कब्जा’ मा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २, बुधबार (१० महिना अघि)
  • ८१ पटक पढिएको
चितवनमा रेलमार्ग सर्भे गर्न गएको टोली स्थानीयको ‘कब्जा’ मा

साउन २, चितवन । चितवनमा रेलमार्गको सर्भे गर्न गएको टोलीको गाडीमा स्थानीयले आगजनी गरेका छन् । आज दिउँसो भरतपुर महानगरपालिका–७ कृष्णपुरको नगर प्लटिङमा टोली रेलमार्गको सर्भे गर्न गएको थियो । सो समय स्थानीयले टोलीको गाडी नियन्त्रणमा लिएको हो ।

सर्भे गर्न गएका टोलीलाई भने प्रहरीले सुरक्षा दिएको छ । स्थानीयले सो स्थानबाट रेलमार्ग बनाउन नहुने भन्दै अवरोध गरेका हुन् । उनीहरुले रेलमार्गको गुगल म्याप सर्भे गर्न आएको स्थानीयलाई बताएको रेल मार्ग पीडित संघर्ष समितिका सचिव दिव्य नेपालले जानकारी दिए ।

सचिव नेपालका अनुसार सो टोलीले मंगलबार भरतपुर महानगरपालिका–८ मा सर्भे गरेको थियो । आज वडा नं। ७ मा सर्भे गर्दागर्दै २(३ सय जना स्थानीय भेला भएर सो टिमलाई नियन्त्रणमा लिएका हुन् । उनीहरुसँग सोधपुछ भइरहेको र कागजात माग गरिएको संघर्ष समितिका सचिव नेपालले जानकारी दिए ।

‘हामीले सरकारबाट अनुमति पाएको कागजात देखाउ भनेर मागिरहेका छौं, उनीहरुले देखाउन सकिरहेका छैनन्’, सचिव नेपालले भने, ‘कागजात नल्याएसम्म सर्भे गर्न दिँदैनौं । पूर्वपश्चिम रेलमार्ग भरतपुरका विभिन्न घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको भन्दै स्थानीय बासिन्दाले चरणबद्ध संघर्षका कार्यक्रम गर्दै आएका छन् ।’ बस्तीलाई उजाड बनाएर रेल मार्ग लैजान नदिने र अहिले गरिएको सर्भे नै परिवर्तन गर्नुपर्ने माग उनीहरुको छ । चितवनमा रेलमार्गको प्रस्तावित रुट भरतपुर महानगरपालिकाको वडा नं ८, ७ र ४ हुँदै नवलपरासीतर्फ जानेछ ।

#रेलमार्ग सर्भे

ताजा अपडेट

खोजी गर्नुहोस