सिमलताल दुर्घटना

सिमलताल दुर्घटना : भारतमा भेटिएको शव एञ्जल बसका मालिक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ४, शुक्रबार (१० महिना अघि)
  • १८१ पटक पढिएको
सिमलताल दुर्घटना : भारतमा भेटिएको शव एञ्जल बसका मालिक

साउन ४, काठमाण्डौँ । त्रिवेणी भन्दा ४० किलोमिटर दक्षिणमा आज बिहान भेटिएको शव एञ्जेल बसका मालिकको भएको पुष्टि भएको छ । आठ दिनअघि चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेको एञ्जेल बसका मालिक माइला लामिछाने केसी हुन् । उनी भक्तपुर र मकवानपुर निवासी हुन् । उनको दुबै ठाउँमा घर रहेको खुलेको छ ।

मृतकले लगाएको घडी र बालाका आधारमा शवको पहिचान भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए । बायाँ हातमा आरबीएस अंग्रेजी अक्षरमा लेखिएको छ टयाटु लेखिएको छ । बायाँ हातमा कालो चेनको घडी लगाएका छ् । यी सबै प्रमाणका आधारमा मृतकका भाइले सनाखत गरेका हुन् ।

गत शुक्रबार चितवनको सिमतलालको पहिरोमा परेकाहरुको शव नारायणी नदी हुँदै भारतमा पुगेको छ । शुक्रबार त्रिवेणीबाट ४० किलोमिटर तल उक्त शव भेटिएको हो । भारतीय प्रहरीको सहयोगमा शव गण्डक ब्योरेज पुलमा ल्याइएको हो । त्यहाँबाट शव अहिले त्रिवेणीमा राखिएको छ ।

#सिमलताल दुर्घटना

ताजा अपडेट

खोजी गर्नुहोस