कामु प्रधान सेनापतिबाट नयाँ जर्नेल, कर्नेलहरूलाई दर्ज्यानी चिन्ह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २६, शनिबार (९ महिना अघि)
  • ८९ पटक पढिएको
कामु प्रधान सेनापतिबाट नयाँ जर्नेल, कर्नेलहरूलाई दर्ज्यानी चिन्ह

साउन २६, काठमाडौँ । नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको अशोकराज सिग्देलले जर्नेल, कर्नेलहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी मधुकर सिंह कार्कीलाई जंगी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् पदोन्नतिसँगै उपरथी कार्की राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको सह संयोजकमा नियुक्त भएका छन् ।

यसैगरी सहायक रथी दर्जामा पदोन्नति भएका प्राविधिक डेन्टिष्ट महासेनानी डा। समीर अर्याल, महासेनानी जगदीश खड्का र महासेनानी अमृत काजी गुरुङलाई सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह एवं महासेनानी दर्जामा पदोन्नति भएका प्रमुख सेनानी शैलेन्द्र कोइरालालाई महासेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस