अहिलेसम्म विपद्‌बाट दुई सय ११ को मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ३०, बुधबार (९ महिना अघि)
  • ७० पटक पढिएको
अहिलेसम्म विपद्‌बाट दुई सय ११ को मृत्यु

साउन ३०, काठमाडौँ ।  नेपालमा मनसुन पछिको पछिल्लो दुई महिनामा मनसुनजन्यसहित सबै खालका विपद्‌बाट दुई सय ११ जनाको मृत्यु भएको छ । कुल ४८ जना बेपत्ता रहेका छन् भने एक सय ४३ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।

गत जेठ २८ पछि मनसुनयन्य घटनाबाट एक सय ७० जना र अन्य विपद्‌बाट ४१ जनाको मृत्यु भएको प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराईले जानकारी दिए । उनका अनुसार अन्य विपद्मा आगलागी, सर्पदंश, लेक लाग्नु, जनावर आक्रमणलगायत घटना समावेश छ । नेपालमा यस वर्ष गत जेठ २८ मा मनसुन भित्रिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस