दुर्घटना

सिन्धुलीमा गाडी दुर्घटना : दुई जनाको मृत्यु, ११ जना घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ३१, बिहिबार (९ महिना अघि)
  • ७२ पटक पढिएको
सिन्धुलीमा गाडी दुर्घटना : दुई जनाको मृत्यु, ११ जना घाइते

साउन ३१, काठमाण्डौँ । सिन्धुलीमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बिहीबार बिहान ९:२२ बजे कमलामाई नगरपालिका वडा ४ चियाबारीस्थित सडकमा बोलेरो गाडी दुर्घटनामा परेको हो । बा २० च ८२८३ नम्बरको गाडी गोलन्जरबाट सदरमुकाम जाँदै थियो ।

तीव्र गतिका कारण अनियन्त्रित भएर गाडी सडकमै पल्टिएको हो । दुर्घटनाबाट दुई जनाको मृत्यु भएको एसपी गोविन्दराज काफ्लेले जानकारी दिए । मृतक गोलन्जर नगरपालिकाका पृथ्वी भुजेल र उदय मगर छन् ।

उनकाअनुसार दुर्घटनाबाट ११ जना घाइते छन्। जसमध्ये तीन जना गम्भीर घाइते छन् । उनीहरूलाई काठमाडौंमा रिफर गर्ने तयारी छ ।
अन्य घाइतेको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस