भाद्र ३०, काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–१९ स्थित सिमलतालबाट त्रिशुली नदीमा ट्रक खसेको घटना शंकास्पद देखिएको छ ।
आज बिहान ना.६ ख ६२८३ नम्बरको ट्रक भैरहवाबाट सूर्यमुखी तेल बोकेर ललितपुर आउँदै गरेको ट्रक त्रिशुली नदीमा खसेको अवस्थामा भेटिएको थियो ।
ट्रकका चालक यमबहादुर घले मोबाइल अफ गरेर सम्पर्क विहीन भएकाले घटना शंकास्पद देखिएको प्रहरीले जानकारी दिएको छ । चालकको खोजी भइरहेको र थप अनुसन्धान अगाडि बढाइएको छ ।