मौसम

आजको मौसम : देशभर सामान्य बर्षा हुने, तराईका जिल्लामा हावाहुरीका सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ३१, सोमबार (८ महिना अघि)
  • ६१ पटक पढिएको
आजको मौसम : देशभर सामान्य बर्षा हुने, तराईका जिल्लामा हावाहुरीका सम्भावना

भाद्र ३१, काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ ।

हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ । कोशी र मधेश प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

#मौसम

ताजा अपडेट

खोजी गर्नुहोस