दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ३, बिहिबार (८ महिना अघि)
  • ६२ पटक पढिएको
दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

असोज ३, काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौंको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना गरिएको छ ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागितामा अर्केस्ट्रा प्रस्तुत गरी समारोहको सुरुवात गरिएको हो। त्यसपछि सातै प्रदेशको प्रतिनिधित्व झल्किने गरी ३२ जना कलाकारले प्रस्तुति दिएका छन् ।

कन्सर्टमा राष्ट्रिय भावनाले ओतप्रोत अर्केस्ट्रा, गीत, धुन, नृत्य र रक गीतहरु प्रस्तुत हुने जनाइएको छ। यस्तै समारोहमा आतिसबाजी गरेर संविधान दिवसको उल्लास छरिने छ । समाजमा योगदान गरेका एक सय ५१ व्यक्तिद्वारा गठित नेसनल डे काउन्सिलको आयोजनामा हुने उक्त कार्यक्रमका चार घण्टासम्म चल्ने आयोजकले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस