सहकारी ठगी पक्ररण

छबिलाल जोशीलाई बयानका लागि लगियो सरकारी वकिलको कार्यालय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ८, मंगलबार (७ महिना अघि)
  • ४१ पटक पढिएको
छबिलाल जोशीलाई बयानका लागि लगियो सरकारी वकिलको कार्यालय

असोज ८, पोखरा । सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्व डीआइजी छविलाल जोशीलाई बयानका लागि सरकारी वकिल कार्यालय लगिएको छ । आज बिहान साढे १० बजे सरकारी वकिल कार्यालय पुर्‍याइएको जिल्ला प्रहरी कार्यालयका कास्कीका एसपी मोहनकुमार थापाले जानकारी दिएका छन् ।

आजबाट बयान सुरू भएको र कहिले सकिन्छ भन्न नसकिने उनले बताए । जिल्ला अदालत कास्कीले जोशीलाई ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न सोमबार प्रहरीलाई अनुमति दिएको थियो । जोशी आइतबार काठमाडौंबाट पक्राउ परेका थिए ।

उनलाई बुद्ध एयरको हेलिकप्टरमा आइतबार राति नै पोखरा पुर्‍याइएको थियो । संसदीय छानबिन विशेष समितिले सहकारी बचत ठगीमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशीसहितलाई कारबाही गर्न सिफारिस गरेको थियो । गृह मन्त्रालयले सिफारिस तत्काल कार्यान्वयन गर्न भनेकै दिन जोशी पक्राउ परेका थिए ।

#छबिलाल जोशी #सहकारी ठगी पक्ररण

ताजा अपडेट

खोजी गर्नुहोस