क्रोएसियाली प्रशिक्षक डालिकलाई बोसनियामा भव्य स्वागत

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ श्रावण १०, बिहिबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

साउन १०,काठमाडौँ । क्रोएसियालाई विश्व कपको फाइनल सम्म पुर्याएका प्रशिक्षक ज्लाट्को डालिकलाई बोसनियामा भव्य स्वागत गरिएको छ । स्थानिय फुटबल रंगशालामा मंगलबार साझ लिभ्नोमा जन्मेका उनको स्वागतमा कार्यक्रम आयोजना गरिएको थियो ।

हजारौंको संख्यामा रहेका समर्थकले उनलाई स्वागत गरेका थिए । गुमनाम ढंगले टोली लिएर रसिया पुगेका डालिक नायकका रुपमा स्वदेश फर्केका थिए । ५१ वर्षे डालिगको नेतृत्वमा सेमिफाइनलको थप समयमा इग्ल्यान्डलाई हराउँदै क्रोएसिया फाइनलमा पुगेको थियो ।

विश्व कप अघि कमैले चिनेका डालिक विश्व कप सकिदा विश्वकै दोस्रो उत्कृष्ट प्रशिक्षक बनेर फर्केका छन् । क्रोएसियाको हालको सम्झौता अझै दुई बर्ष बाँकी छ । यो पृष्ठभूमीमा उनको पारिश्रमिक पनि बढ्ने अपेक्षा गरिएको छ ।

‘तपाईलाई मन परेपनि नपरेपनि म अब विश्वको दोस्रो उत्कृष्ट प्रशिक्षक हु,’ उनले भने,‘ यस्तोमा बार्षिक ३.८ मिलियन पाउन्ड पारिश्रमिक विश्व फुटबलमा सानै हो । अब दुई वर्ष मेरो सम्झौता बाँकी छ । म टोलीसँग अझै लामो समय बस्न सक्छु । मार्चमा अमेरिका भ्रमणपछि म यो विषयमा निर्णय लिनेछु ’ फिफाले मंगलबार सार्वजनिक गरेको वर्षका उत्कृष्ट प्रशिक्षकको मनोनयनमा डालिक पनि रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस