ओलम्पिक गेम्समा नेपाली खेलाडीलाई जापानले सहयोग गर्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ श्रावण १९, शनिबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

साउन १९,काठमाडौँ । जापानमा सन् २०२० मा हुने ओलम्पिक गेम्समा नेपाली खेलाडीलाई सहयोग गर्न जापानको फुकुसिमाको तामुरा सिटीले शुक्रबार नेपाल ओलम्पिक कमिटीसँग सम्झौता गरेको छ ।

नेपालका लागि जापानी राजदूत मासामिची साइगोको उपस्थितिमा तामुरा सिटीका तर्फबाट उपप्रमुख कावागौसी नाओयुकी र नेपाल ओलम्पिक कमिटीका तर्फबाट नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले हस्ताक्षर गरे ।

सन् २०२० टोकियो ओलम्पिकमा नेपालबाट सहभागी हुने खेलाडीको प्री गेम्स ट्रेनिङ क्याम्पमा सहयोग गर्ने सम्झौतामा उल्लेख छ । तीनवर्षे सम्झौतामा नेपालका खेलाडीलाई प्रशिक्षणमा सो शहरले वार्षिक रु एक करोड सहयोग गर्नेछ ।

सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीमा भएको कार्यक्रममा तामुरा सिटीका उपप्रमुखको नेतृत्वमा पाँच सदस्यीय जापानी टोलीको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस