पाँचौं महिला साफ च्याम्पियनसिप आज सुरु, नेपाल र भुटान भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ फागुन २८, मंगलबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फागुन २८, विराटनगर । पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता मंगलबारदेखि मोरङको विराटनगरमा सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल समूह ‘ए’मा रहेका आयोजक नेपाल र भुटानबीच हुने छ। खेल ३ बजेदेखि सुरु हुने जनाइएको छ।

प्रतियोगिताको ट्रफी विराटनगरमा सोमबार सार्वजनिक गरियो। सार्वजनीकरणसँगै ट्रफी कसले हात पार्ने विषयमा प्रतियोगी टिमहरुले आ–आफ्ना दाबी छ। साफको उपाधिका लागि मुख्यतः नेपाल, भारत र बंगलादेशले दाबी गरेका छन्।

प्रतियोगिताको समूह ‘ए’ आयोजक नेपाल, भुटान र बंगलादेश रहेका छन्। समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स रहेका छन्। फागुन २९ मा भारत र माल्दिभ्स, ३० मा भुटान र बंगलादेश, चैत १ मा माल्दिभ्स र श्रीलंका, चैत २ मा बंगलादेश र नेपाल, चैत ३ मा भारत र श्रीलंकाबीच खेल हुने तालिका रहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस