आश्विन ९,धादिङ । यही असोज १० गते गर्ने भनिएको धुनिवेशी नगरस्तरीय फुटबल प्रतियोगिता दुई दिन पछि सरेको छ । आयोजकले प्राविधिक कारणवश प्रतियोगिता दुई दिन पछि सरेपनि प्रतियोगिताको सम्पुर्ण तयारी भने पुरा भएको बताएको छ । उसले यहि १३ गते सोमबार विहान १०.०० बजे समुद्घाटन गरिने पनि जानकारी दिएको छ ।
धुनिबेशी नगरस्तरिय फुटबल प्रतियोगिता मुल आयोजक समितीका अध्यक्ष प्रदिप कोईरालाले प्रतियोगिताको लागि समुह दर्ता गर्ने काम भईरहेको बताए । २० भन्दा बढि समुह दर्ता हुने उनको भनाई छ । प्रतियोगिता आयोजना गर्नका लागि यस अघि गठन भएको मुल आयोजक समिती सँगै विभिन्न उपसमितीहरुको समेत पुर्नगठन गरिएको छ ।