धुनिबेशी नगरस्तरिय फुटबल प्रतियोगिता सुरु, उद्धघाटन खेलमा आयोजक टिम विजयी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ आश्विन १३, सोमबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

आश्विन १३,धादिङ । धादिङको धुनिबेशी ६ तल्लो बानियाँटारमा सोमबार देखी नगर–स्तरिय फुटबल प्रतियोगिता सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ धुनिबेशी नगरपालिकाको आयोजना र धुनिबेशी नगरस्तरिय फुटबल प्रतियोगिता मुल आयोजक समितीको समन्वयमा प्रतियोगिता सुरु भएको हो ।

नगरपालिका प्रमुख बालकृष्ण आचार्यले खेलकुद मैदानमा बल हानेर उद्घाटन गरेका थिए । खेलकुद प्रतियोगितामा सोमबार मैत्रीपुर्ण खेल भएको छ । धुनिबेशी नगरस्तरिय फुटबल प्रतियोगिता मुल आयोजक समिती र धुनिबेशी नगरपालिका कर्मचारी समुह बिच भएको प्रतियोगितामा मुल आयोजक समितीले ४ गोल गरेको छ भने नगरपालिका कर्मचारी समुहको तर्फबाट १ गोल भएको छ । यो सँगै मुल आयोजक समिती मैत्रीपुर्ण फुटबल प्रतियोगितामा विजयी भएको छ । मुल आयोजक समितीको तर्फबाट सुजन आचार्यले पहिलो गोल गरेका थिए । यस्तै नगरपालिका कर्मचारीको तर्फबाट विवेक आचार्यले १ गोल गरेका हुन् ।

प्रतियोगिताका लागि १३ वटा समुह दर्ता भएको र सबै समुहको खेल हुने मिती र समय सार्वजनिक गरिसकेको धुनिबेशी नगरस्तरिय फुटबल प्रतियोगिता मुल आयोजक समितीका अध्यक्ष प्रदिप कोईरालाले बताए । उनले प्रथम हुनेलाई ५० हजार र दास्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई १५ हजार नगद सहित सिल्ड, मेडल र प्रमाण पत्रको व्यवस्था रहेको बताए ।

स्वस्थ्य जिवनका लागि खेल आवश्यक रहेको भन्दै मुल आयोजक समितीका वरिष्ठ सल्लाहकार शुरेस आचार्यले समग्र नगरको पहिचान र गरिमालाई उच्च राख्न र युवाहरुमा उर्जा, उत्साह ल्याउनका लागि प्रतियोगिताको आयोजना गरिएको बताए ।

यस्तै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिग्देल, उपप्रमुख निरु खरेल लगायतले कार्यक्रको सफलताको लागि शुभकामना दिएका छन ।

यस्तै खेलकुद प्रतियोगिता सम्पन्न गर्नका लागि नगरपालिकाको सहयोग रहने भन्दै नगरपालिका प्रमुख बालकृष्ण आचार्यले खेल सभ्य र भव्य बनाउनका लागि सबैको सहयोगका लागि आग्रह गरे ।

धुनिबेशी नगरस्तरिय फुटबल प्रतियोगिता मुल आयोजक समितीका अध्यक्ष प्रदिप कोईरालाको अध्यक्षतामा भएको औपचारीक कार्यक्रममा धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यको प्रमुख आतित्थ्यता, उपप्रमुख निरु खरेल, समितीका बरिष्ठ सल्लाहकार सुरेश आचार्य, प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिग्देलको विशेष आतित्थ्यता रहेको थियो ।

यसैगरी ईलाका प्रहरी कार्यालय खानिखोलाका प्रमुख रुक बहादुर खड्का, विभिन्न वडाका वडा अध्यक्षहरु, राजनितीक दलका प्रतिनिधीहरु, नगरपालिकाका कर्मचारी, विभिन्न सन्चार माध्यमका पत्रकार तथा सन्चारकर्मी, लगायतका विभिन्न व्यक्तिहरुको आतित्यता रहेको थियो ।

प्रचार प्रसारका लागि सन्चार सहयोगिको रुपमा रेडियो राजमार्ग, कृषी रेडियो, नागरिकपाटी डटकम, अनलाईन केन्द्र डटकम, धुनिबेशी डटकम र देशविकास डटकम रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस