असोज १८, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शनिबार रियल मड्रिड र ग्रानडाबीच प्रतिस्पर्धा हुँदैछ।
खेल नेपाली समयअनुसार आजराति ७ बजेर ४५ मिनेटमा सुरुवात हुनेछ।
यस्तै फ्रोन्च लिग वानमा आज स्टार क्लब पीएसजी प्रतिस्पर्धामा उत्रँने भएको छ।
पीएसजीले एंगर्स क्लबसँग खेल्नेछ। खेल नेपाली समयअनुसार राति ९ बजेर १५ मिनेटमा सुरु हुनेछ।
रियल मड्रिड ला लिगामा ७ खेलमा १५ अंकसहित शीर्ष स्थानमा रहेको टोली हो भने लिग वानमा पीएसजी ८ खेलबाट १८ अंकसहित शीर्ष स्थानमै रहेको टोली हो।