कार्तिक ९, काठमाडौं । नेइमार आउँदो महिना हुने खेलका लागि ब्राजिलको टिममा परेका छैनन् । चोटका कारण बाहिर रहेका नेइमारलाई नोभेम्बरमा हुने खेलका लागि ब्राजिलको टिममा नराखिएको हो ।
अक्टोबर १३ मा नाइजेरियासँगको खेलमा नेइमार चोटग्रस्त भएका थिए । सो खेलमा ब्राजिल १–१ को बराबरीमा रोकिएको थियो । चोटग्रस्त नेइमार चार हप्ता मैदान बाहिर रहने छन् ।
ब्राजिलले अर्जेन्टिनासँग आउँदो नोभेम्बर १५ मा साउदी अरेबियामा प्रतिस्पर्धा गर्दैछ । त्यसको चार दिनपछि दक्षिण कोरियासँग खेल्नेछ । नेइमार बाहिर रहे पनि डग्लस लुइज टिममा परेका छन् । २१ वर्षका उनी एस्टन भिल्लाबाट खेल्छन् ।