बेलायती क्रिकेट क्लब एमसीसी नेपालमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ कार्तिक १६, शनिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक १६, काठमाडौं । इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को टोली शनिबार नेपाल आइपुगेको छ ।

विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब एमसीसीको टीम नेपाली राष्ट्रिय टिमसँग टी–ट्वेन्टी, एक दीवसीय र फस्ट क्लास क्रिकेट खेल्नका लागि नेपाल आएको हो ।

एक साता नेपालमा रहने सो टिमले पोखरामा स्थानीय क्लबसँग पनि दुई खेल खेल्ने नेपाल क्रिकेट संघले जनाएको छ ।

नेपाली क्रिकेट विकासका लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसीले गत वर्ष साउनमा लिगेसी टुरको घोषणा गरेको थियो । यसअघि एमसीसीले सन् २०१५ मा पनि नेपाल भ्रमण गरेको थियो । यता, नेपालले पनि एमसीसीको भ्रमण गरिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस