रियल मड्रिडले ला लिगाको शीर्ष स्थानमा उक्लिने मौका गुमायाे

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ कार्तिक १७, आईतबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कार्तिक १७, काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । बार्सिलोना पराजित भएको शनिबार रातिको खेलमा रियल मड्रिड बराबरीमा रोकिएको हो ।

यो खेलमा जित निकालेको भए रियल मड्रिड बार्सिलोनलाई पछि पार्दै शीर्ष स्थानमा पुग्ने थियो । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो ।

रियल मड्रिडका लागि पहिलो हाफमा इडन हजार्डले गोल गरेका थिए, तर भिएआर मार्फत हेरेर त्यसलाई रेफ्रीले अमान्य घोषित गरे । भिनिसिअर जुनियर तथा सर्जियो रामोसको प्रहार रियल बेटिसका गोलरक्षकले रोके ।

बराबरीपछि दोस्रो स्थानको रियल मड्रिडको ११ खेलबाट २२ अंक भएको छ। बार्सिलोनाको पनि समान २२ अंक नै छ ।

शनिबार राति नै भएको खेलमा शीर्ष स्थानको होडमा रहेका एथ्लेटिको मड्रिड र सेभिल्लाले पनि बराबरी खेलेका छन् । सेभिल्लाको मैदानमा भएको खेलमा एथ्लेटिको १–१ को बराबरीमा रोकिएको हो ।

बराबरीपछि दुवैको समान २१ अंक भएको छ, समान १२ खेलबाट । एथ्लेटिको तेस्रो तथा सेभिल्ला चौथो स्थानमा छ । राति नै भएको अर्को खेलमा भ्यालेन्सियाले स्पानियोललाई २–१ ले पराजित गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस