एमसीसीविरुद्धका खेलमा नेपाली टोली फिल्डिङमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ कार्तिक १७, आईतबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

कार्तिक १७, काठमाडौं । इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब एमसीसीविरुद्धका खेलमा नेपालको यू १९ टिमले अहिले बलिङ गरिरहेको छ ।

आइतबार बिहान टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एमसीसीले सुरुवाती २४ ओभरमा ३ विकेट गुमाउँदै १ सय ३० रन बनाएको छ ।

टस जितेर पहिला नेपालले फिल्डिङ रोजेको हो । एमसीसीको टिमले १५ ओभरको खेल सकिँदा १०२ रन बनाउँदा विकेट गुमाएको थिएन । १७ औं ओभरमा नेपालका स्पिनर सागर ढकालले नेपाललाई पहिलो सफलता दिलाएका थिए । उनले २२ रन बनाएर खेलिरहेका जेमी एडम्सलाई आउट गरेका हुन् ।

शेर मल्लले रोड्सलाई २१ औं ओभरमा अरुण ऐरीबाट क्याच गराउँदै ९३ रनमा पेभिलिएन फर्काए । उनले नै कप्तान जिमी एडम्सलाई २३ ओभरको दोस्रो बलमा शून्यमा पेभिलिएन फर्काएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस