सनविरुद्धको रातो कार्डमा टोटनह्यामको अपिल

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ कार्तिक १९, मंगलबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कार्तिक १९, काठमाडौं । इंग्लिश प्रिमियर लिग अन्तर्गत आईतबार भएको एभर्टनविरुद्धको खेलमा रातो कार्ड पाएका आफ्ना फरवार्ड सन ह्युङ मिनलाई बचाउ गर्दै टोटनह्यामले अपिल गरेको छ ।

टोटनह्यामले प्रिमियर लिग फुटबलमा आइतबार राति एभर्टनसँग १–१ गोलको बराबरी खेलेको थियो । खेलमा सन ह्युङ मिनले एभर्टनका आन्द्रे गोमेजलाई खराव ट्याकल गर्न पुग्दा गोमेजको खुट्टा भाँचिएको थियो ।

योसँगै सनले रातो कार्ड खाएका थिए । खुट्टा भाँचिएसंगै गोमेजको सोमबारनै शल्यक्रिया पनि गरिएको छ ।

गोमेजलाई घाइते बनाउने कुनै मनसाय नभएको भन्दै सन ह्युङ मिनले पाएको रातो कार्डविरुद्ध टोटनह्यामले अपिल गरेको हो ।

यदि यो अपिल खारेज भएमा प्रिमियर लिगको आगामी तीन खेल गुमाउने छन् । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस