कार्तिक १९, काठमाडौं । चेल्सीका स्टार मिडफिल्डर एनगोलो कान्टे च्याम्पियन्स लिग अन्तर्गत अयाक्सविरुद्वको खेलमा मैदान फर्कने भएका छन् ।
चेल्सीका मुख्य प्रशिक्षक फ्याङ्क लाम्पार्डले मिडफिल्डर कान्टे मंगलबार हुने अयाक्सविरुद्वको खेलमा मैदान फर्कने बताएका हुन् ।
युरो छनोटको आईसल्याण्डविरुद्वको खेल अगाडी वार्मअपको क्रममा चोट बोकेपछि उनी पछिल्लो महिना मैदानमा देखिएका छैनन् । सोही कारण उनले चेल्सीको पाँच खेल पनि गुमाएका थिए । उनी मंगलबार अभ्यासमा फर्किएका छन् ।