इरानसँग पराजित हुँदै नेपाल बाहिरियो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ कार्तिक २३, शनिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

कात्तिक २३, काठमाडौं । नेपाल इरानमा जारी एएफसी यू-१९ च्यापिम्पयनसिप छनोट प्रतियोगिताबाट बाहिरिएको छ ।

छनोट अन्तर्गत शुक्रबार भएको समूहको दोस्रो खेलमा इरानसँग ४-० गोलको फराकिलो अन्तरले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

बलियो इरानलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल खाएको थियो ।

खेलको ७७ औं मिनेटमा मोहमदमह्दी अहमादीले गोल गर्दै इरानलाई सुरुवाती अग्रता दिलाए । ८५ औं मिनेटमा कप्तान अहमद रिजा जिलालीले गोल गर्दै इरानको अग्रता २-० को बनाए ।

नेपालविरुद्ध लगातार आक्रमण बुनेको इरानले ८६ औं मिनेटमा अलिरिजा मोनाजामीले गोलबाट अग्रता तेब्बर बनाएको थियो । त्यसपछि खेलको ९० औं मिनेटमा एरिया बार्जेगरले गोल गर्दै इरानलाई ४-० को जित दिलाए ।

जितसँगै समूह डी को इरानले २ खेलमा ६ अंक जोडेको छ । इरान शीर्ष स्थानमा रहेको छ । पुछारमा रहेको नेपालले अंक जोड्न सकेको छैन ।

छनोटको पहिलो खेलमा नेपाल युनाइटेड अरब ईमिरेट (युएई) सँग ४–० गोल अन्तरले पराजित भएको थियो ।

इरानले भने पहिलो खेलमा किर्गीस्तानलाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।

शुक्रबार भएको पहिलो खेलमा किर्गीस्तानले युएईलाई २-० ले हराएको छ ।

अब नेपालले छनोटको अन्तिम खेलमा आईतबार किर्गीस्तानको सामना गर्नेछ ।

यस समूहको शीर्ष टिमले फाइनल चरणमा स्थान बनाउने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस