कात्तिक २३, काठमाडौं । नेपालमा हुने १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा भारत र पाकिस्तानले क्रिकेट नखेल्ने भएका छन् ।
नेपाल ओलम्पिक कमिटिमा दर्ता भएको खेल तालिका अनुसार भारत र पाकिस्तानले क्रिकेटमा टिम दर्ता गराएका छैनन् ।
विश्व क्रिकेटका दुई ठुला चीरप्रतिद्वन्दी राष्ट्र साग क्रिकेटमा सहभागी नहुने भएका हुन् ।
क्रिकेट स्पर्धामा भुटान, माल्दिभ्स, नेपाल र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै फुटबल स्पर्धामा बंगलादेशले नखेल्ने भएको छ । बंगलादेश बाहेकका राष्ट्रले फुटबल स्पर्धामा सहभागीता जनाउन टिम दर्ता गराएका छन् ।
ओलम्पिक कमिटिमा दर्ता भएको खेल तालिका अनुसार आयोजक नेपालले मात्र सम्पुर्ण २७ वटा खेलमा प्रतिस्पर्धा गर्ने भएको छ ।