रियलविरुद्व उत्रने नेयमारको तयारी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ कार्तिक २३, शनिबार (५ साल अघि)
  • ३८ पटक पढिएको
Post Thumbnail

कात्तिक २३, काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) स्टार नेमयार मैदान फर्कने तयारी गरेका छन् ।

उनी च्याम्पियन्स लिगको खेलमार्फत मैदान फर्कने तयारी गरेका हुन् ।

अघिल्लो महिना ब्राजिलले नाईजेरियाविरुद्व खेलेको मैत्रीपूर्ण फुटबलमा उनले चोट बोेकेका थिए । त्यसपछि नेयमार मैदान बाहिर रहदै आएका छन् ।

तर नेयमार च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडको भ्रमण गर्ने समय मैदान फर्कने तयारी गरेका हुन् ।

पीएसजीले नोभेम्बर २६ मा अवे खेल अन्तर्गत रियल मड्रिडविरुद्व खेल्दैछ ।

चोट बोक्नु अघि नेयमारले पाँच क्लब खेलमा चार गोल गरेका थिए ।

२७ बर्षका ब्राजिली फरवार्ड नेयमार विश्व कीर्तिमानी मुल्यमा पीएसजी गएका थिए । उनको करियर भने चोटले बिथोलिएको छ ।

गत समर ट्रान्सफरमा नेयमार रियल मड्रिडसंग जोडिएका थिए ।

तर अन्तिममा उनी फ्रान्समै रहने निश्चित भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस