रोनाल्डो सट्टामा मैदान छिरेका पाउलो डिबालाको गोलले युभेन्टस विजयी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ कार्तिक २५, सोमबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

कार्तिक २५, काठमाडौं । क्रिष्टियानो रोनाल्डोको सट्टामा मैदान छिरेका पाउलो डिबालाको गोलको सहयोगमा युभेन्टस विजयी भएको छ ।

इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टसले एसी मिलानलार्य १–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्टसलाई जिताउन ७७ औँ मिनेटमा डिबालाले गरेको गोल निर्णायक बन्यो ।

उनी ५५ औँ मिनेटमा रोनाल्डो मैदानबाट बाहिरिएपछि उनको ठाउँमा मैदान पसेका थिए । डिबालाले गएको बुधबार भएको च्याम्पियन्स लिग अन्तर्गत लोकोमोटिम मस्कोसँगको खेलको ८२ औँ मिनेटमा रोनाल्डोलाई रिप्लेस गरेका थिए ।

सिरी ए मा युभेन्ट अपराजित रहेको छ यो सिजन । जितपछि १२ खेलबाट ३२ अंकसहित युभेन्टस शीर्ष स्थानमा छ । दोस्रो स्थानको इन्टर मिलानको ३१ अंक रहेको छ । युभेन्टससँग पराजित भएको एसी मिलान १३ अंकसहित १४ औँ स्थानमा रहेको छ ।

आइतबार राति नै भएका खेलमा काग्लिएरीले फियोरेन्टिनालाई ५–२, लाजिओले लिचेलाई ४–२ तथा पार्माले रोमालाई २–० ले पराजित गरेका छन् । साम्पडोरिया र एट्लान्टा तथा युडिनेस र एसपिएएलले गोल रहित बराबरी खेलेका छन् । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस