रोनाल्डो खतरामा, कम्तीमा दुई वर्षको प्रतिबन्ध हुन सक्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ कार्तिक २७, बुधबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कार्तिक २७, काठमाडौं । युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कम्तीमा दुई वर्षको प्रतिबन्ध हुन सक्ने भएको छ । एन्टी डोपिङ नियमका आधारमा उनी प्रतिबन्धमा पर्न सक्ने जोखिम बढेको हो ।

इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबार मिलानविरुद्ध खेल चल्दै गर्दा रोनाल्डो मैदानबाट बाहिरिएको स्काई इटालीले जनाएको छ । खेल नसकिदै स्टेडियमबाट बाहिरिएसँगै उनलाई एन्टी डोपिङ नियमका आधारमा कम्तीमा पनि दुई वर्ष प्रतिबन्ध हुन सक्ने बताइएको हाे ।

प्रशिक्षक मौरिजीयो सार्रीले एसी मिलानविरुद्ध १–० को जित निकालेको खेलमा रोनाल्डोलाई खेलको ५५औं मिनेटमा परिवर्तन गरेपछि रुष्ट बन्दै बेञ्चमा नगई ड्रेसिङ रुममा छिरेका थिए । त्यसपछि खेलको ३ मिनेट समय बाँकी रहँदा उनी स्टेडियमबाट बाहिरिएका थिए ।

उनकै स्थानमा आएका पाउलो डिबालाले खेलको ७७ औँ मिनेटमा गोल गर्दै युभेन्टसलाई जित दिलाएका थिए । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस