कार्तिक २७, काठमाडौं । पूर्वविश्व नम्बर एक स्वीस खेलाडी रोजर फेडेररले एटीपी फाइनल्स टेनिसमा पहिलो जित निकालेका छन् ।
लन्डनमा मंगलबार राति भएको खेलमा इटालीका माटियो बेरेट्टिनीलाई पराजित गर्दै फेडेररले पहिलो जित निकालेका हुन् ।
फेडेररले बेरेट्टिनीलाई ७-६, ७-२ र ६-३ को सोझो सेटमा पराजित गरे । जितसँगै फेडेररले सेमिफाइनलमा पुग्ने सम्भावना कायमै राखेका छन् ।
फेडेरर पहिलो खेलमा डोमिनिक थिमसँग पराजित भएका थिए । एजेन्सी