मंसिर १७, काठमाडौं । नेपालको खातामा स्वर्ण पदकको संख्या थपिएको छ । नेपालका लागि तेक्वाङ्दो काजल श्रेष्ठले स्वर्ण पदक जितेसँगै नेपालको स्वर्ण संख्या २२ पुगेको छ ।
महिला ४६ केजीको गेरुगीमा काजलले स्वर्ण जितेकी हुन् ।
सोमबार नेपालले कराते र तेक्वान्दो तर्फ समान ७ — ७ र ट्रायलथनमा १ गरि १५ स्वर्ण जितेको थियो।
मंगलबार नेपालले उसु तर्फ २ स्वर्ण थपेको छ। नेपालले उसुको थाउलोअन्तर्गत पुरुष र महिला छानछ्वानमामा स्वर्ण जितेको हो। महिलामा सुस्मिता तामाङले स्वर्ण जितिन् भने पुरुषमा विजय सिञ्जालीले थाउलोतर्फ छानछ्वानमा स्वर्ण जितेका हुन्।
त्यस्तै नेपालले मंगलबार कराँतेमा २ स्वर्ण थप गरेको छ। नबिन रसाइलीले कराँतेको ६७ केजी तौल समूहमा स्वर्ण जितेका हुन्। त्यस्तै सुनिता महर्जनले पनि ६८ केजी तौल समूहमा कराते फाइटमा स्वर्ण जिते।
उता पोखरामा दुआथलनमा हिमाल टमाटाले स्वर्ण जितेका छन् । त्यस्तै नेपालले महिला म्याराथनमा पनि स्वर्ण जितेको छ। सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा स्वर्ण जितेकी छिन्।