साग: गौरिका सिंहले थपिन् अर्को स्वर्ण

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ मंसिर २०, शुक्रबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

मंसिर २०, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पौडितर्फ गौरिका सिंहले स्वर्ण पदक जितेकी छन् । सिंहले सातदोबाटोस्थित पौडी पोखरीमा शुक्रबार गौरिकाले २ सय मिटर ब्रेस्टस्ट्रोकमा स्वर्ण जितेकी हुन् ।

गौरिकाले २ मिनेट १७.७३ सेकेण्डको समय निकाल्दै स्वर्ण जितेकी हुन् । यस स्पर्धामा भारतकी मनु राजिब पटेलले २ मिनेट २०.७१ सेकेण्डको समय निकाल्दै रजत जितिन् ।

श्रीलंकाकी गंगासेनले २ मिनेट २७.२५ सेकेण्डको समय सहित कास्य जितिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस