१३ औं साग: आज १८ खेलमा प्रतिस्पर्धा हुँदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ मंसिर २१, शनिबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

मंसिर २१, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को सातौं दिन आज शनिबार विभिन्न १८ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

साग फुटबलमा शनिबार नेपाली महिला-पुरुष दुवै टोलीको खेल रहेको छ । पुरुषतर्फ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले तेस्रो खेलमा माल्दिभ्सको सामना गर्दैछ । खेल दिउँसो साँढे एक बजे हुनेछ । यस्तै, महिलातर्फ नेपाल र भारतबीच आज पोखरा रंगशालामा फाइनल खेल हुनेछ ।

त्यस्तै, क्रिकेटमा पनि शनिबार टियु क्रिकेट मैदानमा पुरुषतर्फ नेपालले बंगलादेशको यू-२३ टिमको सामना गर्नेछ । महिला क्रिकेटमा नेपालले कास्य पदकको लागि माल्दिभ्सको आजै सामना गर्नेछ ।

शनिबार एथ्लेटिक्सको ९ वटा स्वर्णका लागि भिडन्त हुनेछ । बिहान ७ बजे नै महिला र पुरुष म्याराथन दशरथ रंगशालाबाट सुरू हुने तय छ ।

पोखरामा आर्चरीको ४ वटा स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । ह्याण्डबलमा शनिबार सेमिफाइनलको खेल हुनेछ । महिलाको सेमिफाइनलमा नेपाल र पाकिस्तान तथा भारत र बंगलादेश भिड्नेछन् ।

साइक्लिङ अन्तर्गत शनिबार पनि विभिन्न खेल हुनेछ । त्यस्तै, सुटिङतर्फ आज दुई खेल हुनेछ । फेन्सिङमा ३ स्वर्णका लागि भिडन्त हुनेछ।

टेनिसमा शनिबार विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । बिच भलिबलतर्फ शनिबार पनि महिला र पुरुष दुवै तर्फको लिग चरणमा खेलहरु हुनेछ ।

पोखरामा हुने भारोत्तोलनमा ५ स्वर्णमा प्रतिस्पर्धा हुँदैछ । जनकपुरमा हुने कुस्तीमा ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।

त्यस्तै, सागमा शनिबार कब्बडी, पौडी, जुडो, स्क्वास, बक्सिङमा पनि प्रतिस्पर्धा हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस