बैशाख ११, काठमाडौ । नेपाल, नेदरल्याण्ड्स र मलेसिया सहभागी त्रिदेशीय सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार कीर्तिपुरमा सम्पन्न फाइनलमा नेपालले नेदरल्याण्ड्समाथि शानदार जीत हासिल गरेको हो । नेदरल्याण्ड्सलाई नेपालले १४२ रनले हरायो हो । नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड्स १७.२ ओभरमा अलआउट हुँदै ९६ रन मात्र बनाएको छ ।
नेपालका लागि करण केसीले ३ विकेट लिएका थिए । यस्तै सन्दीप लामिछाने र कमल ऐरीले दुईरदुई विकेट लिए । यस्तै अविनाश बोहराले एक विकेट लिए। नेदरल्याण्ड्सका दुई ब्याट्सम्यान रनआउट भए । यसअघि विश्वविद्यालय मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा २३८ रन बनाएको थियो। नेपालले टि–ट्वान्टी क्रिकेटमा बनाएको यो अहिलेसम्मकै ठूलो योगफल हो ।