बैशाख १८, काठमाण्डौ । इन्डियन प्रिमियर लिगमा रोयल च्यालेञ्जर्स बैंग्लोरले दोस्रो हार ब्यहोरेको छ । आज भएको खेलमा बैंग्लोर पञ्जाव किंग्ससँग ३४ रनले पराजित भयो । जारी प्रतियोगितामा पञ्जावको यो तेस्रो जित हो ।
बलिङमा हरप्रित बररले तीन तथा रभी विश्नोइले दुई विकेट लिए । यो हारपछि बैंग्लोरले शिर्ष स्थानमा उक्लने मौका गुमाएको छ । उसको सात खेलमा १० अंक छ । पञ्जावको सात खेलमा ६ अंक भएको छ ।