इंगल्यान्ड युरो च्याम्पियनसिप २०२० फुटबलको फाइनलमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ अषाढ २४, बिहिबार (३ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असार २४, काठमाडौ । इंगल्यान्ड युरो च्याम्पियनसिप २०२० फुटबलको फाइनलमा पुगेको छ । डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोलले हराउँदै इंगल्यान्ड फाइनल पुगेको हो । बुधबार राती भएको दोस्रो सेमिफाइनलमा इंगल्यान्डलाई जिताउन ह्यारी केनले निर्णायक गोल गरे । आत्मघाती गोलबाट अग्रता लिएको इंगल्यान्डले अतिरिक्त समयमा जित निकाल्दै फाइनल पुगेको हो ।

डेनमार्कका मिकेल डाम्सगार्डले उत्कृष्ट फ्रिकिक गोल गरेपनि टिमलाई जिताउन सकेनन । अब इंगल्यान्डले उपाधिका लागि इटालीसँग खेल्नेछ । इटाली स्पेनलाई हराउँदै फाइनल पुगेको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस