असोज २१, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी–२० लिगका लागि भारतीय कम्पनीसँग गरेको विवादास्पद सम्झौता रद्द गर्ने भएको छ ।
२० र २१ गते बसेको क्यान केन्द्रीय कार्यसमितिको बैठकले सम्झौता कार्यान्वयनका लागि सरकारले अनुमति नदिएको र सेभन थ्री स्पोर्टसले गर्नुपर्ने सम्झौता अनुरुपका कामहरु नगरेकाले रद्द प्रक्रिया अघि बढाउने निर्णय गरेको अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।