राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ कार्तिक १५, सोमबार (३ साल अघि)
  • २२८० पटक पढिएको
Post Thumbnail

कात्तिक १५, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको जनाएको हो।

क्यानले गठन गरेको छनोट समितिले आवेदन परेकाको केही दिनमा अन्तर्वार्ता गर्ने जनाएको छ। क्यानले गएको १ गते मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो।

मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षक विहीन रहेको छ।

ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज पछि ह्वाटमोरले नेपाली टिम छाडेका हुन्।

ताजा अपडेट

खोजी गर्नुहोस